“बडेमानको नेपाली झण्डा” बोकेर कहिल्यैं नथाक्ने लक्ष्मी दाईको कथा (भिडियो सहित)

  • Power News
  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६


“बडेमानको नेपाली झण्डा” बोकेर कहिल्यैं नथाक्ने लक्ष्मी दाईको कथा (भिडियो सहित)

साथमा चन्द्र सुर्य अंकित बडेमानको नेपाली राष्ट्रिय झण्डा, शिरमा कालो टोपी अनि शरिरमा सेतो कमिज सुरुवाल । कम्मरमा चिटिक्क परेको सानो नेपाली झोला छ, त्यहाँ पनि नेपाली झण्डा छापले छोडेको छैन ।

बर्षौ देखि देशका विभिन्न भागमा पुगेर करोडौं नेपालीहरुमाझ राष्ट्रिय झण्डाको महत्व बुझाउने अभियानमा लागेका लक्ष्मीनारायण शिल्पाकारमा यसरी हरेक दिन जसो हिडिरँहदा पटक्कै थकान छैन । बरु उनी निकै खुसी छन् , दंग छन् अनि जहाँ पुगे पनि नेपाल आमाको महिमा गाइरहन्छन् , यसरी नै झण्डा फरपराइरहन्छन ।

यसरी झण्डा बोकेर हिड्दा स्वाभिमानले उनको शिर उचोँ छ, छात्ती भित्र देशको गहिरो माया छ, केही कुराको रत्तिभर लोभ लालच छैन, जिवनभर यसरी नै नेपाली झण्डाको साथमा नेपाल र नेपालीको महिमा गाउन पाए उनलाई अरु केही चाहिएको छैन बरु कहिले काँहि नेपालीहरुबाटै झण्डाको महत्व नबुझिदिदाँ उनीलाई कता कता चित्त दुख्छ, नमिठो आभाषले मन भारी बनाई दिन्छ ।

तै पनि उनी थाक्दैनन् हरेक दिन जसो कहिले काठमाण्डौंको बसन्तपुर त कहिले शहरभरि उनी यसरी नै झण्डा बोकेर घुमिरहन्छन् । उनीसँग फोटो खिच्नेहरुको भीड लाग्छ, त्यही पल उनी नेपाली झण्डाको स्टिकर मोबाइलमा टाँसि दिदैं झण्डाको महिमा गाउछन्, सबैलाई झण्डाको महत्व बुझाउँछन् । बदलामा कत्तिले उनलाई सहयोग स्वरुप केही पैसा दिन खोज्छन् तर उनी मलाई अहिलेसम्म पुगेको छ भन्दै शिष्टतापूर्वक अस्वीकार गर्छन् ।

अझै पनि देशका विभिन्न स्थानमा पुगेर राष्ट्रिय झण्डाको साथमा नेपाल र नेपालीलाई यसरी नै जगाउने लक्ष्मीनारायणको भित्री चाह छ । जीवनभरि यसरी नै लागिरहने अठोट बोकेका उनीभित्र राष्ट्रिय प्रेमको असिमित खानी छ, महासागार नै छ । उनी झण्डा साथमा हुदाँ कहिले पनि थाक्दैनन् बरु जुजारु योद्धा बनेर आफ्नो अभियानमा निरन्तर लागिरहेका छन् । प्रस्तुत् छ उनै कर्मशिल स्वाभिमानी नेपाली लक्ष्मीनारायण शिल्पकारसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Power News | Site By : SobizTrend Technology